कोरोना भाइरसको नयाँ भेरियन्टबाट बंगलादेशमा पहिलो मृत्यु

काठमाडौं, जेठ ५ ।कोरोना भाइरसको नयाँ भेरियन्टबाट बंगलादेशमा पहिलो मृत्यु भएको छ। कोेभिड–१९ को नयाँ प्रकार (इन्डियन भेरिएन्ट) बाट संक्रमित बिरामीमध्ये सोमबार पहिलो मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

सरकारको सङ्क्रामक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक सङ्क्रमित व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए । बङ्गलादेशमा अहिलेसम्म छ व्यक्तिमा नयाँ प्रकारको सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये एकको मृत्यु भएको हो। उनी क्यान्सर र अन्य रोगबाट पीडित थिए।

बङ्गलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको शुरुमा अत्यधिक सङ्क्रामक कोरोनाभाइरसका दुई घटनाहरू पत्ता लागेका थिए।

aawash steels

भारतमा कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धि भएपछि अप्रिल १४ देखि दुई देश बीचको यात्रुबहाक उडानहरूलाई पनि स्थगित गरिएको थियो।

बङ्गलादेशमा सोमबार कोरोनाभाइरस संक्रमणको कारण ३२ जनाको मृत्यु भएको छ भने सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ६९८ छ। यससँगै अहिलेसम्म बङ्गलादेशमा कोभिड–१९ पुष्टि भएको सङ्ख्या सात लाख ८० हजार ८५९ पुगेको छ भने १२ हजार १८१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…