कोरोनाको कारण बुबाको घाटमा दाहसंस्कार, छोराको अस्पतालमा मृत्युु

काठमाडौं, जेठ ४ ।दाङको बबई गाउँपालिकामा कोरोना संक्रमणको कारण एक दिनको फरकमा बाबुछोराकै मृत्यु भएको छ।

बबई गाउँपालिका ४ ट्वाङखोलानिवासी पत्रकार लक्ष्मण बस्नेत र उनका बुवा टोपबहादुर बस्नेतको एक दिनको फरकमा मृत्यु भएको हो। बुवाको आइतबार राति र छोराको सोमबार दिउँसो मृत्यु भएको बबई गाउँपालिकाका सूचना अधिकारी भुवन चन्द वालानले जानकारी दिए।

‘आइतबार राति मृत्यु भएका बुवा टोपबहादुरको सोमबार दिउँसो स्थानीय घाटमा दाहसंस्कार हुँदै थियो,’ बालानले मंगलबार बिहान भने, ‘मलामी घाटमै भएको बेला छोरा लक्ष्मणको पनि मृत्यु भएको खबर आयो। उहाँको पनि सोमबार साँझै अन्त्यष्ठि भइसकेको छ।’

aawash steels

भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा आइतबार राति टोपबहादुरको मृत्यु भएको थियो। उनको शव सोमबार घर लगेर दाहसंस्कारका लागि घाटमा लगिएको थियो। सोमबार दिउँसो बाबुको शव चितामा जल्दै गर्दा छोराको पनि अस्पतालमा मृत्यु भएको हो।

पत्रकार लक्ष्मण र उनका बुबा तीन साताअघि देखि नै बिरामी थिए। कोरोना पोजिटिभ भएका दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो। यद्यपी उनीहरुको पछिल्लो कोरोना रिपोर्ट भने नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ।

उपचारको क्रममा रहेका बुवाको आइतबार राति नै मृत्यु भए पनि सोही अस्पतालमा उपचार गराइरहेका लक्ष्मणलाई भने त्यसको जानकारी दिइएको थिएन। आफूहरु बुबाको दाहसंस्कारका लागि घाटमा रहेकै बेला लक्ष्मणको पनि मृत्यु भएको खबर आएको गाउँपालिकाका प्रेस सल्लाहकार प्रेमबहादुर राम्जाले जानकारी दिए।

कोरोना संक्रमणको कारण बाबुछोराकै मृत्यु भएपछि बस्नेत परिवार र सिंगो गाउँ शोकमा डुबेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…