भारतमा विनास गर्न थालेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि सुरु

काठमाडौं, जेठ ३ ।भारतमा विनास गर्न थालेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि आज (सोमबार) बिहानै सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार अरब सागरमा विकसित शक्तिशाली चक्रवातको असर सोचेभन्दा अलि चाँडै सुरु भएको हो।

‘हामीले यसको असर आज दिउँसो, साँझतिरदेखि असर सुरु होला भन्ने अनुमान गरेका थियौं, तर बिहानैदेखि आंशिक प्रभाव परिसकेको छ,’ सोमबार बिहान मौसमविद् अर्यालले  भने, ‘खासगरी पश्चिमी भूभागमा, साथै काठमाडौं उपत्यकामा पनि।’

aawash steels

उनका अनुसार चक्रवातको असरका कारण देशको पश्चिमी आकाशमा माथि सेतो बादल अहिले गरागरा रेसारेसा भएर देखापरेको छ।

‘काठमाडौं उपत्यकाको आकाश पनि हेर्नुभयो भने माथि माथि सेतो बादल देख्न सकिन्छ, ’ उनले भने, ‘चक्रवातको असर भरे, भोलि बढ्दै जान्छ।’

यसको निरन्तर अपडेट गरिरहनुपर्ने उनले बताए।

यस विषयमा मौसम पूर्वानुमान महाशाखाले आइतबारै साँझ विशेष बुलेटिन जारी गरेर सचेत गराएको छ।

महाशाखाका अनुसार पूर्वीमध्य अरब सागरमा अति शक्तिशाली चक्रवात विकास भएको हो। भारतमा जसको नाम ‘ताउतेई’ (TaukTae) राखिएको छ। नेपालमा त्यसको प्रत्यक्ष प्रभाव नपरे पनि केही असर पर्नेभएको/परेको हो।

यो चक्रवातका कारण भारतमा आइतबारदेखि नै क्षति हुन थालिसकेको छ। आज साँझसम्म यो चक्रवात अरब सागरबाट भारतको गुजरातमा आइपुग्ने अनुमान त्यहाँका मौसमविद्ले गरेका छन्। अहिले त्यहाँका स्थानीय आतंकित भएका छन् भने अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितलाई पनि अन्यत्र सार्ने काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालका मौसमविद्का अनुसार चक्रवात आज गुजरातमा जमिनमा प्रवेश गरेपछि त्यसले फरक स्वरूप तथा दिशा लिन सक्छ। र, त्यस आधारमा नेपालमा पर्ने असर घटीबढी हुने सम्भावना पनि छ। त्यसका लागि आफूहरूले त्यस चक्रवातको अवस्थाबारे घण्टाघण्टामा निगरानी गरिरहेको मौसमविद् अर्यालले बताए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…