आमालाई ढुंगाले हानेको बदलामा छोराले बञ्चरो प्रहार गरी बुवाको हत्या

काठमाडौं , जेठ २ ।दैलेखको डुंगेश्वर गाउँपालिकामा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्। डुंगेश्वर गाउँपालिका–६ २१ वर्षीय विकास बुढाले ४७ वर्षीय आफ्ना बुबा नकुल बुढाको हत्या गरेका हुन्।

बुवाले आमालाई ढुंगाले हानेको बदलामा छोराले बञ्चरो प्रहार गरी बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। ‘बुबाले आमालाई कुटपिट गरेको आक्रोसमा छोराले बञ्चरो प्रहार गर्दा बुबाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले भने।

बुवाको हत्यामा संलग्न छोरालाई प्रहरीले पक्राउ गरेको छ। पतिले आफ्नाी पत्नीलाई किन कुटपिट गरेका हुन् भन्ने चाहीँ खुलेको छैन। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक सुनारले बताए।

aawash steels

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…