६ सय अक्सिजन सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान

काठमाडौं,जेठ १। गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगमा प्राप्त हुने करिव ६ सय थान अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ ।

आज (शनिबार) ओमानको राजधानी मस्कटका लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिएका छन् । बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने जनाइएको छ । यस्तै आज (शनिबार) साँझ नै चीनको बेइजिङमाको लागि उडान भर्नेछ । बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिण्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।

aawash steels

त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ । त्यहाँको सिलिण्डर उत्पादनको अवस्थालाई हेरेर कति दिन उडान भर्ने भन्ने यकिन हुने नेपाल एयरलाइन्सले जनाएको छ । जहाज राति ११ बजे बेइजिङ उड्ने एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

जातका आधारमा कोठा नदिएर पक्राउ घरबेटीको आज रिहा

असार ९, काठमाडौँ। जातका कारणले कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी बुधबार रिहा भएकी छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको…

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…