चिनियाँ यान मंगल ग्रहमा अवतरण

काठमाडौं, जेठ १ । चीनले मङ्गल ग्रहमा आफ्नो यान अवतरण गराएको छ । ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

योसँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा सफलता पाएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् ।

aawash steels

चीनले तिआन्वेन–१ अभियान अन्तर्गत फेब्रुअरी महिनामा पहिलो हप्ता अर्थात् तीन महिना अघि यानलाई मङ्गल ग्रहतर्फ पठाएको थियो । मङ्गल ग्रहमा अवतरण भएको रोबर्टको तौल २४० किलोग्राम रहेको छ । रोबर्टले सतह र सहतमुनिको भौगर्भिक अध्ययन गर्नेछ ।

रोबर्टमा क्यामराहरू जडान गरिएको छ । ती क्यामेराले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन् । अरू पाँच वटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्छन् ।

तिआन्वेन–१ मङ्गल ग्रहमा पुग्ने चीनको दोस्रो प्रयास हो । यसअघि सन् २०११ मा रुससँग मिलेर चीनले अगाडि बढाएको अभियान प्रक्षेपण गर्ने क्रममा विफल भएको थियो । यस पटक चीनसँगै अमेरिका र यूयईले पनि मङ्गल ग्रहमा यान पठाएका छन् । ती यान अन्तरिक्षमै रहेका बीबीसीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

जातका आधारमा कोठा नदिएर पक्राउ घरबेटीको आज रिहा

असार ९, काठमाडौँ। जातका कारणले कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी बुधबार रिहा भएकी छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको…

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…