गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज हुँदै

काठमाडौं, वैशाख २९ ।गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज (वैशाख २९ गते) हुँदैछ।

यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको ३ दिनको समयसमीमा आज सकिने भएको हो।

गुरुङले गत आइतबार राजीनामा दिएका थिए। सोही दिन प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दलहरूलाई नयाँ सरकार गठनको दाबी पेस गर्न आज दिउँसो ४ बजेसम्मको समय दिएकी हुन्।

aawash steels

यस समयभित्र विपक्षी दलहरूले बहुमत पुर्‍याई नयाँ मुख्यमन्त्रीको नाम पेस गर्न सक्नुपर्छ। अन्यथा प्रदेश सभामा सबैभन्दा धेरै सदस्य भएको दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति दिनुपर्ने हुन्छ।

त्यहाँ सबैभन्दा ठूलो दल एमाले हो भने त्यसका संसदीय दलका नेता यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुन्।

विपक्षी दलले मंगलबार साँझसम्म पनि बहुमत पुर्‍याउन सकेका छैनन्। आज दिनभरमा कुनै चमत्कार भएन भने पुनः गुरुङ नै मुख्यमन्त्री हुने देखिन्छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकारको बनाउने प्रयास गरिरहेका भए पनि निर्णायक रहेको राष्ट्रिय जनमोर्चाका दुई संसदले साथ छाडेपछि हलो अड्किएको छ। कांग्रेसबाट त्यहाँ कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने तयारी छ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले कांग्रेसलाई साथ दिन नसकिने बताएका छन्। उनी पार्टीको निर्णयविपरीत उभिएका हुन्।

६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन्।

नयाँ सरकार गठन गर्न ३१ सांसद चाहिन्छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…