अमेरिकी सेनाले उत्तरी अरब सागरबाट रुस र चीनमा बनेका हजारौं हतियार नियन्त्रणमा लिए

काठमाडौं, वैशाख २७ ।अमेरिकी सेनाले उत्तरी अरब सागरबाट रुस र चीनमा बनेका हजारौं हतियार नियन्त्रणमा लिएका छन्।

अमेरिकी नौसेना तथा तटरक्षकको संयुक्त टोलीले गतहप्ता साना डुंगाहरुबाट हजारौं हतियार नियन्त्रणमा लिएको अमेरिकी नौसेनाले विज्ञप्ती जारी गरेर जानकारी दिएको हो।

गस्तीमा रहेको अमेरिकी युद्धपोत यूएसएस मोनिटेरी क्रुजरले अरब सागरमा संचालित साना जहाजलाई रोकेर त्यहाँ खोजतलास गर्दा हतियारहरु भेटेका हुन्।

aawash steels

यी हतियार वैधानिक हिसाबमा खरिद नभएकाले नियन्त्रणमा लिएको बताइएको छ।

अमेरिकी अधिकारीहरुका अनुसार यो हतियारको वैधानिक कागजपत्र थिएन।

त्यहाँ रुसमा बनेका एन्टी ट्यांक गाइडेड मिसाइल, हजारौं चिनियाँ टाइप ५६ एजल्ट राइफल, रुसमा बनेका सयौं पीकेएम मेसिन गन, स्नाइपर राइफल, ग्रिनेड लन्चरहरु थिए।

त्यो हतियारको प्रयोजन र कहाँ लगिएको भनेर नखुलेसम्म त्यो अमेरिकी नियन्त्रणमा हुने बताइएको छ। सीएनएन

अमेरिकी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…