नेपाली सेनाले नाै स्थानमा अस्थायी अस्पताल बनाउन सरकारलाई प्रस्ताव

काठमाडौं, वैशाख २६ ।नेपाली सेनाले नाै स्थानमा अस्थायी अस्पताल बनाउन सरकारलाई प्रस्ताव गरेको छ। हरेक स्थानमा अस्थायी अस्पतालसहित, आइसोलेसन र होल्डिङ सेन्टर तयार गर्न सेनाले प्रस्ताव गरेको हो।

सीमानाकामा आठ र उपत्यकामा एउटा बहुउद्देश्यीय संरचना बनाउन सेनाले प्रस्ताव गरेको हो। स्थानको बारेमा सरकारले स्वीकृति दिइसकेको छ। तर सरकारले ती स्थानमा होल्डिङ सेन्टर मात्रै तयार गर्न भनेको थियो।

उपत्यकाबाहिर कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको जमुनाह, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया, पर्साको वीरगन्ज, मोरङको रानी र झापाको काकडभिट्टामा सेनाले संरचना तयार गर्ने भएको हो।

aawash steels
सेना

सरकारले स्वीकृति दिए सेनाले अस्पताल सहितको संरचना तयार गर्ने र सो प्रस्ताव स्वीकृत नभए होल्डिङ सेन्टर मात्रै बनाउने छ।

संक्रमण बढ्दै गएपछि सेनाले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अस्पताल समेत रहने गरी संरचना बनाउन डिजाइन तयार गरेर सरकारलाई प्रस्ताव गरेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…