पीसीआर परीक्षणका लागि स्वाव दिन पालो कुर्दाकुर्दै लाइनमै मृत्यु

बाँके, वैशाख २४ । बाँकेको कोहलपुर नगरपालिका-५ का ५९ वर्षीय पुरुषको पीसीआर परीक्षणका लागि स्वाव दिन अस्पतामा पालो कुर्दाकुर्दै लाइनमै ज्यान गएको छ ।

शुक्रबार ३ बजेतिर नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा परिवारले बिरामी ल्याएर अस्पताल प्रांगणमा पीसीआर स्वाव दिन पालो पर्खेका थिए । पीसीआरका लागि स्वाव दिन कुर्दाकुर्दै बिरामीको मृत्यु भएपछि आफन्तले रिक्सामा राखेर कालो प्लाष्टिकले बेरेर शव घर लगेको तस्बिर कोहलपुर मेडिकल कलेज नेपालगञ्जका डा. देवेन्द्र आचार्यले खिचेका छन् । उनले फेसबुक पोष्टमा संक्रमितको अवस्था दिनानु दिन बढ्दै गएकाले मनोबल बढाउन अनुरोध समेत गरेका छन् । सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको अस्पतालका एक चिकित्सक बताउँछन् ।

aawash steels

‘३–४ दिनदेखि उनलाई ज्वरो आउने, टाउको दुख्ने भएको रहेछ । स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उनी अस्पताल आएका रहेछन्,’ शुक्रबार उनले भने, ‘अस्पतालमा स्वाब दिने आउनेको ठूलै भिड थियो । सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए । लाइनमा बस्दाबस्दै उनी ढले ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…