नेकपा–एमालेका अध्यक्ष ओली र नेपाल पक्षबीच बिहीबारदेखि निरन्तर वार्ता

काठमाडौं, वैशाख २५ ।नेकपा–एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच हिजो बिहीबारदेखि निरन्तर वार्ता भइरहेको छ।

तर, ती वार्ताहरुबाट कुनै सहमतिको बिन्दु फेला नपरेको वार्तामा सहभागी नेताहरुले बताएका छन्।

बिहीबार बेलुका पार्टी विवादकै विषयमा नेता नेपाललाई शीतलनिवास बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले लामो छलफल गरेकी थिइन्।

aawash steels

उता प्रधानमन्त्री ओलीले नेपाल पक्षका घनश्याम भूसाल, योगेश भट्टराई लगायतका केही प्रभावशाली नेतालाई बालुवाटार बोलाएर मनाउने प्रयास गरेका थिए।

त्यसैगरी दोस्रो तहका नेताहरुबीच पनि शृंखलाबद्ध छलफलहरु भइरहेका छन्।

‘भेटघाट भइरहेको छ, रिजल्ट आएको छैन,’ नेता भूसालले  भने।

वार्तामा सहभागी एक नेताका अनुसार ओलीले नेपाल पक्षका नेताहरुसँग बैठकमा सहभागी हुन आग्रह गरिरहेको छ।

‘बैठकमा जाउँ, बैठकबाटै कुरा मिलाउन सकिन्छ मात्र भन्नुभएको छ, तर उठेका विषय सम्बोधन गर्ने कुनै उपाय सुझाउनुभएको छैन,’ एक नेताले भने, ‘सहमति हुने कुनै ग्यारेन्टी छैन भने अर्को तर्फ हरेक पटक भएका सहमति समझदारीहरु कार्यान्वयन नगरेकै कारण यो स्थिति आएको हो।’

अर्का एक नेताले सहमति गरे पनि त्यसको कार्यान्वयन हुन्छ भन्ने ग्यारेन्टी कसले गर्ने भन्ने सम्मको विश्वासको संकट आएको बताए।

‘माधव नेपालले राष्ट्रपतिसँग पनि लामो कुराकानी गर्नुभएको छ, तर त्यहाँ पनि कुरा त्यहि नै हो भने प्रधानमन्त्रीसँग भएका कुरा पनि त्यस्तै हुन्,’ ती नेताले भने।

त्यसैगरी, दोस्रो तहका नेताहरुबीच पनि कुराकानीहरु निरन्तर भइरहेको छ।

विष्णु पौडेल, शंकर पोखरेललगायतका दोस्रो तहका नेताहरु कुराकानी राम्रैसँग भए पनि कतैबाट पनि निष्कर्षमूलक र ठोस समाधानमूलक कुरा नआएको नेताहरुको भनाइ छ।

‘उहाँहरुले कुराकानी र बैठकका लागि त जोड दिनुभएको छ तर ठोस समाधानका लागि अझै तयार हुनुभएको छैन,’ नेता भूसालले भने।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…