बिरामीलाइ अस्पताल पुर्याउन देवदहमा राप्रपाले सुरु गर्यो नि:शुल्क सवारी सेवा

बिरामीले तोकेको अस्पताल सम्म पुर्याइदिने

२३ वैशाख, रुपन्देही । रास्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले महामारीमा नगरभित्र अत्यावसेक सेवाका लागि नि:शुल्क सवारीसाधनको सेवा सुरु गरेको छ।

पार्टीका केन्द्रीय सदस्य तथा देवदह नगरपालिका निवासी तोयानाथ लम्सालको सक्रियतामा नगरभित्र यस्तो सेवा सुरु गरिएको राप्रपा नगर समितिले जनाएको छ।

aawash steels

केन्द्रीय सदस्य लम्सालले कोरोना महामारीको बेला अन्य रोगका बिरामीलाइ अस्पताल गएर स्वस्थ जाच गर्न सहज होस् भनेर यस्तो सेवा सुरु गरिएको आजकोनेपाललाई बताए। उनले भने  “अन्य घरमा सवारीसाधन नहुनेहरुले अस्पताल सम्म पुग्न समेत कठिन भएको देखियो। त्यसैले नगरवासिहरुलाई यस्तो बेला केहि राहत दिन सकिन्छ कि भनेर हामीले सुरु गर्ने निधो गर्यौं । ”

“गाडीले देवदहबाट बुटवल, भैरहवा लगाएत जता बिरामीले लान भन्छन् त्यहिसम्म लगिदिने छ” लम्सालले भने ।

गाडी आवस्यक परेमा निम्न नम्बरमा सम्पर्क गर्न सकिन्छ:

  • तोयानाथ लम्साल: ९८२१४४६१२९
  • हेमलाल गौतम: ९८४३९०५६६६
  • माधब प्रसाद रिमाल: ९८५७०३४१४३

चालक  दलका सदस्य

  • रमेश पौडेल: ९८५७०७५१६१
  • किरण गौतम: ९८६०३४८५८१
  • चन्द्र कुवर: ९८१७४७१५६३

 

तस्विरहरु: तोया नाथ लम्सालको फेसबुकबाट 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

जातका आधारमा कोठा नदिएर पक्राउ घरबेटीको आज रिहा

असार ९, काठमाडौँ। जातका कारणले कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी बुधबार रिहा भएकी छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको…

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…