आज देशका केही स्थानमा हावाहुरी तथा भारी वर्षाको सम्भावना

काठमाडौं, वैशाख २२ ।आज देशका केही स्थानमा हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सम्बिन्धत सबैलाई मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार विशेषगरी सुदूरपश्चिमसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

‘गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ,’ मौसमविद् बासीले बुधबार बिहान भनिन्, ‘यसअन्तर्गत काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुन सक्छ।’

aawash steels

मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

अहिले प्रिमनसुन हो। यस अवधिमा भारी वर्षा खासै हुँदैन। तर यसपटक भारी वर्षाको समेत सम्भावना देखिएको मौसमविद् बासीले बताइन्।

‘भारी वर्षा मनसुन (योपछि आउने सिजन) मा हुनुपर्ने हो,’ उनले भनिन्, ‘तर यसपालि प्रिमनसुनमै भारी वर्षाको सम्भावना देखियो।’

उनका अनुसार प्रिमनसुन अन्त्य भएर मनसुन (वर्षा याम) आउन अझै एक महिनाजति नै बाँकी छ। ‘यसपालि मनसुन पनि अलि चाँडै भित्रिएलाजस्तो संकेत देखिएको छ,’ उनले भनिन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…