अस्ट्रेलियाको डार्विनमा नेपाली स्वाद पस्कने रेस्टुरेन्ट संचालनमा

२१ बैशाख । अस्ट्रेलियाको डार्विन शहरमा नेपाली स्वादका खानाका परिकारका लागि मुस्ताङ किचन शुभारम्भ भएको छ ।

उक्त सहरमा मुस्ताङ्ग ग्लोसरी संचालन गर्दै आइरहेका युवा ब्यवसायी राजन बस्नेत संगै दिपक शर्मा, सुरिंदर र प्रदीपकुमारले संयुक्त रुपमा होटल संचालनमा ल्याएको संचालक राजन बस्नेतले बताए ।

aawash steels

नेपाली समुदायलाई नेपाली खानाको स्वाद पस्किने उद्देश्यले उक्त होटेल संचालनमा ल्याएको बस्नेतले बताए। उनले मुस्ताङ्ग ब्राण्ड नेपालीहरुको बिचमा मात्र नभई भारतीय तथा अन्य एसियाली मुलुकका नागरिकको बीचमा पनि लोकप्रिय भएको बताए । “त्यसैले नेपाली स्वाद पनि अन्य एसियाली मुलुकका व्यक्तिहरुले रुचाउनेमा उनि विस्वस्त छन् ।

सानो बच्चा बाट रिवन काटी उत्घाटन गरिएको मुस्ताङ्ग किचनमा नेपाली र भारतीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाली परिकार चाख्दै रमाइरहेका उनीहरु खसीको मासुको तरकारीले नेपाली स्वादलाई झल्झली सम्झाएको कुरा गरिरहेको सुनिन्थे । उक्त शुभारम्भ कार्यक्रममा नेपाली खानाका परिकार संगै गायक सबिन सिटौलाको लाइभ म्युजिकले झन् रमाइलो भएको उपस्थित मध्यका एकले प्रतिक्रिया दिए ।

१५० भन्दा धेरैको उपस्थिति रहेको उद्घाटन कार्यक्रममा सबैको मन जित्न सफल भएको र सकारात्मक प्रतिक्रिया पाएको संचालक प्रदिप कुमारले बताए।

२०२१ मे को दोस्रो दिन उद्घाटन गरिएको यो रेस्टुरेन्ट डार्विन शहरको १२/२४ क्याभिनाग स्ट्रिट भन्ने स्थानमा अवस्थित छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…