बुटवलमा सुरु भयो अक्सिजन बैंक

बुटवल , वैशाख २१ | बुटवल उपमहानगरपालिकामा होम आइसोलेसन,होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोरोना भाइरस संक्रमितलाई ध्यानमा राखी अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पुर्याउने गरी बुटवल उपमहानगरपालिकामा `अक्सिजन बैंक´सेवा शुभारम्भ भएको छ । प्रमुख शिवराज सुवेदीले एक समारोहबीच उक्त सेवाको शुभारम्भ गर्नुभएको छ ।
उक्त अवसरमा उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्वास्थ्य शाखाका उमा थापा, कार्यदलका सदस्यहरु गौतमबुद्ध सामुदायिक मुटु हस्पिटलका अध्यक्ष एजाज आलम, लायन्स क्लबका एरिया चिफ सन्दीप कसौधन, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, औषधि व्यवसायी संघका सुरज भट्टराई,रुपन्देही व्यापार संघका डिल्लीराज भण्डारीलगायतले प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धता जनाउनु भएको छ ।
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

रुपन्देहीमा जारी निषेधाज्ञा थप कडा, बैंक पनि बन्द हुने

बुटवल । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा थप कडाई गरेको छ । नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्युवरण…

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाण्डौ | कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ । वैशाख १९ गते बसेको…

कोरोनाबाट एकै दिन ५४ जनाको मृत्यु ,थप ९,०७० जनामा संक्रमण…

काठमाडौं, वैशाख २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । त्यस्तै आजै ९ हजार ७० जनामा संक्रमण…

संक्रमितलाई अस्पताल सम्म पुग्न व्यवसायी भण्डारीले सुरु गरे नि:शुल्क एम्बुलेन्स…

बैशाख २३, रुपन्देही ।  भैरहवाका निर्माण व्यवसायी मंगल  भण्डारीले कोरोना संक्रमितलाई अस्पताल सम्म पुग्न नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन्। विहिबार आफ्नो फेसबुक वालमा पोस्ट गर्दै…

बिरामीलाइ अस्पताल पुर्याउन देवदहमा राप्रपाले सुरु गर्यो नि:शुल्क सवारी सेवा

२३ वैशाख, रुपन्देही । रास्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले महामारीमा नगरभित्र अत्यावसेक सेवाका लागि नि:शुल्क सवारीसाधनको सेवा सुरु गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा…