चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर दिने

काठमाडौं, वैशाख २० ।चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर दिने भएको छ।

चीनले दिने ती सिलिन्डर नेपाल ल्याउन परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालखबरसँग बताइन्।

‘स्वास्थ्य मन्त्रालयले अनुरोध गरे अनुसार हामीले चीन सरकारले दिने अक्सिजन सिलिन्डर ल्याउन समन्वय गरिरहेका छौं,’ लम्सालले भनिन्, ‘छिट्टै नै ती सामाग्री नेपाल आउनेछन्।’

aawash steels

यसै साता चीनका विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका थिए।

परराष्ट्रमन्त्रीहरुको एक भिडियो कन्फ्रेन्समा उनले नेपाललाई ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए।

super kinetic courier

चीनले दिने अक्सिजन सिलिन्डर हवाईमार्ग र स्थलमार्ग दुवै प्रयोग गरेर नेपाल ल्याउने पहल अधिकारीहरुले सुरु गरेका छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

रुपन्देहीमा जारी निषेधाज्ञा थप कडा, बैंक पनि बन्द हुने

बुटवल । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा थप कडाई गरेको छ । नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्युवरण…

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाण्डौ | कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ । वैशाख १९ गते बसेको…

कोरोनाबाट एकै दिन ५४ जनाको मृत्यु ,थप ९,०७० जनामा संक्रमण…

काठमाडौं, वैशाख २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । त्यस्तै आजै ९ हजार ७० जनामा संक्रमण…

संक्रमितलाई अस्पताल सम्म पुग्न व्यवसायी भण्डारीले सुरु गरे नि:शुल्क एम्बुलेन्स…

बैशाख २३, रुपन्देही ।  भैरहवाका निर्माण व्यवसायी मंगल  भण्डारीले कोरोना संक्रमितलाई अस्पताल सम्म पुग्न नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन्। विहिबार आफ्नो फेसबुक वालमा पोस्ट गर्दै…

बिरामीलाइ अस्पताल पुर्याउन देवदहमा राप्रपाले सुरु गर्यो नि:शुल्क सवारी सेवा

२३ वैशाख, रुपन्देही । रास्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले महामारीमा नगरभित्र अत्यावसेक सेवाका लागि नि:शुल्क सवारीसाधनको सेवा सुरु गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा…