शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबारदेखि अक्सिजन उत्पाादन सुरु

काठमाडौं, वैशाख २० ।शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबारदेखि अक्सिजन उत्पाादन सुरु भएको छ।

काठमाडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आइतबार एक समारोहकाबीच उद्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु भएको हो।

२०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लाण्ट स्थापना गर्नेसम्बन्धी सम्झौता भएको थियो। सो सम्झौता लगत्तै निर्माणको काम सुरु भएको अक्सिजन प्लाण्टको आइतबार विधिबत शुभारम्भ गरिएको हो। प्लाण्टको प्रतिदिन ६ हजार ३ सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ। चलनमा रहेको अक्सिजन सिलिण्डर अनुसार, प्रतिदिन १ सय ३५ वटा सिलिण्डर उत्पादन हुनेछ। एउटा अक्सिजन सिलिण्डरमा ४७ लिटर अक्सिजन हुने गर्दछ। सो अक्सिजन प्लाण्ट २ करोड ७५ लाख रुपैयाँमा निर्माण भएको हो।

aawash steels

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अक्सिजन मात्रै दिन सक्दा पनि धेरै बिरामी बचाउन सकिने अवस्थामा अक्सिजन उत्पादन सुरु हुनु निकै राम्रो काम भएको बताए। अक्सिजन उत्पादन सँगै गंगालाल अस्पतालमा यसअघि खपत हुने अक्सिजन अन्यत्र प्रयोग गर्न सकिने भएकाले कोरोनाका विरामीको उपचारमा पनि ठूलो सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

कोभिडका विरामीलाई अक्सिजन अभाव भएको समाचार सँगै व्यक्तिले सिलिण्डर होल्ड गरेका समाचार आउन थालेको भन्दै उनले अनावश्यक रुपमा घरमा अक्सिजन सिलिण्डर होल्ड गरेर नराखिदिन अनुरोध गरे। अक्सिजन पर्याप्त भए पनि सिलिण्डर अभाव भएको कुरा आएको भन्दै उनले सिलिण्डर होल्ड गर्ने काम नगर्न सबैलाई सचेत गराए। उनले अक्सिजन मास्क प्रयोग गर्नुपर्ने अवस्था आउन नदिन मेडिकल मास्क प्रयोग गरेर घरमै सुरक्षित भएर बस्न पनि सबैलाई अपिल गरे।

super kinetic courier

उनले भने, ‘त्यो बेला कोरोनाको नामै सुनेको थिएन। त्यो बेला सबै अस्पतालमा अक्सिजन प्लाण्ट आफ्नै हुनुपर्छ भनेर हामीले सुरुवात कान्ति बाल अस्पतालबाट सुरु गरेका थियौँ। विरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराएको सुनेपछि सबै अस्पतालहरुमा अक्सिजन प्लाण्ट आफ्नै हुनुपर्छ भनेर महानगरपालिका सहकार्य गर्न तयार भएको थियो। अहिले कोरोनाको कहर भइरहेका बेला अक्सिजन मात्रै दिन सक्दा पनि धेरै विरामी बचाउन सकिने अवस्था छ। हुन त हाम्रो प्राथमिकता भनेको अस्पतालमा ल्याएर अक्सिजनको मास्क लगाउने होइन, घरमै बसेर सामान्य मास्क लगाएर बस्यो भने अक्सिजन मास्क लगाउनुपर्दैन। दुईवटा मध्य कुन रोज्ने? अस्पतालमा गएर अक्सिजन मास्क लगाउने कि घरमै बसेर सुरक्षित साथ मेडिकल मास्क लगाउने? अक्सिजन अभाव भयो भनेर केही केही व्यक्तिले अक्सिजनको सिलिण्डर घरमा संग्रह गरेको कुरा पनि आएका छन्। कसैले पनि अनावश्यक रुपमा सिडिण्डर होल्ड गरेर नराखिदिनुहोला।’

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले विगतमा पनि गंगालाल हृदयरोग केन्द्रले विरामीका लागि निशुल्क अक्सिजन उपलब्ध गराएको र भविष्यमा पनि निशुल्क नै उपलब्ध गराउने बताए। उनले कोरोनाको लहर भन्दा अगाडि नै अक्सिजन प्लाण्ट स्थापना गर्ने योजना अनुसार प्लाण्ट निर्माणको काम अघि बढेको भएपनि अहिले अक्सिजन अभावको समस्या परेका बेला अक्सिजन उत्पादन हुनु निकै राम्रो कुरा भएको बताए।

उनले मुटुरोगीहरुलाई कोरोना लागेमा उपचारमा कठिनाई भएकाले सबै मुटुरोगीहरुलाई विशेष सर्तकता अपनाउन पनि आग्रह गरे। मुटुरोगीका सम्पूर्ण कोरोना संक्रमितलाई केन्द्रमै राखेर उपचार गर्ने सोच लिएको भएपनि भौतिक संरचनाका कारण सबैलाई राखेर उपचार गर्न सक्ने अवस्था नरहेको बताए।

महानगरपालिकाकाले कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लाण्ट स्थापनाका लागि सहयोग गरेको छ। अस्पतालमा अहिले अक्सिजन प्लाण्ट निर्माणको काम भइरहेको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

रुपन्देहीमा जारी निषेधाज्ञा थप कडा, बैंक पनि बन्द हुने

बुटवल । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा थप कडाई गरेको छ । नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्युवरण…

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाण्डौ | कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ । वैशाख १९ गते बसेको…

कोरोनाबाट एकै दिन ५४ जनाको मृत्यु ,थप ९,०७० जनामा संक्रमण…

काठमाडौं, वैशाख २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । त्यस्तै आजै ९ हजार ७० जनामा संक्रमण…

संक्रमितलाई अस्पताल सम्म पुग्न व्यवसायी भण्डारीले सुरु गरे नि:शुल्क एम्बुलेन्स…

बैशाख २३, रुपन्देही ।  भैरहवाका निर्माण व्यवसायी मंगल  भण्डारीले कोरोना संक्रमितलाई अस्पताल सम्म पुग्न नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन्। विहिबार आफ्नो फेसबुक वालमा पोस्ट गर्दै…

बिरामीलाइ अस्पताल पुर्याउन देवदहमा राप्रपाले सुरु गर्यो नि:शुल्क सवारी सेवा

२३ वैशाख, रुपन्देही । रास्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले महामारीमा नगरभित्र अत्यावसेक सेवाका लागि नि:शुल्क सवारीसाधनको सेवा सुरु गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा…