प्रधानमन्त्री ओलीले विश्वासको मत लिने घोषणा

काठमाडौं, वैशाख २० ।आफूविरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने तयारी भइरहेको चर्चाबीच  त्यसअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने घोषणा गरेका छन्।

त्यसका लागि उनले मन्त्रिपरिषदमार्फत सिफारिस गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही वैशाख २७ गते दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको अधिवेशनसमेत आह्वान गराइसकेका छन्।

यस्तो छ संसदीय अंकगणित
२७५ सदस्यीय प्रतिनिधि सभा भए पनि अहिले २७१ सांसद मात्र छन्। तीमध्ये सबैभन्दा ठूलो दल प्रधानमन्त्रीकै पार्टी एमालेका १२१ जना छन्।

aawash steels

यस्तै नेपाली कांग्रेसका ६३ सांसदमध्ये दुई जना निलम्बनमा परेकाले अहिले ६१, माओवादी केन्द्रका ४९ र जनता समाजवादी पार्टीका ३४ सांसदमध्ये २ जना निलम्बनमा परेकाले ३२ जना छन्। राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका एक–एक जना सांसद छन् भने स्वतन्त्रबाट एक सांसद छन्।

यस हिसाबले अहिले प्रतिनिधि सभामा जम्मा सांसदको संख्या २७१ भएको हो। तसर्थ प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा उनका पक्षमा बहुमत पुग्न १३६ सांसदको साथ आवश्यक हुन्छ।

super kinetic courier

ओली पक्षका एक सांसदका अनुसार एमालेसँगै १२१ सांसद रहेकाले जसपाका सांसदले मत दिए पुग्ने विश्वास गरिएको छ।

जसपामा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको खेमा ओलीविरुद्ध भए पनि अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोहरू ओलीका पक्षमा छन्। तसर्थ जसपाका सबै सांसदबाट प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त नभए पनि एउटा पक्षले साथ दिनेमा प्रधानमन्त्री ओली ढुक्क छन्।

तर एमालेका १२१ सांसदमध्ये माधव नेपाल पक्षका सांसदले कर्णालीमा जस्तै फ्लोर क्रस गरे भने प्रधानमन्त्रीको ओलीलाई बहुमत नपुग्ने निश्चित छ। उसो त प्रधानमन्त्री ओलीले नेपालसहित उनी पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेर राखेका छन्।

कतिपयको अनुमान छ– विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री ओलीले उनीहरूलाई सांसदबाट निकाल्न सक्छन्।

तर त्यसो गर्दा उनलाई झन् संसदमा बहुमत पुर्याउन कठिन हुन्छ। तर त्यसो गर्दा उनलाई झन् संसदमा बहुमत पुर्याउन कठिन हुन्छ।

यति हुँदाहुँदै पनि ओलीले विपक्षमा पनि बहुमत पुग्न नदिएर अल्पमतको सरकार बनाई चुनाव घोषणा गर्न सक्छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

रुपन्देहीमा जारी निषेधाज्ञा थप कडा, बैंक पनि बन्द हुने

बुटवल । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा थप कडाई गरेको छ । नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्युवरण…

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाण्डौ | कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ । वैशाख १९ गते बसेको…

कोरोनाबाट एकै दिन ५४ जनाको मृत्यु ,थप ९,०७० जनामा संक्रमण…

काठमाडौं, वैशाख २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । त्यस्तै आजै ९ हजार ७० जनामा संक्रमण…

संक्रमितलाई अस्पताल सम्म पुग्न व्यवसायी भण्डारीले सुरु गरे नि:शुल्क एम्बुलेन्स…

बैशाख २३, रुपन्देही ।  भैरहवाका निर्माण व्यवसायी मंगल  भण्डारीले कोरोना संक्रमितलाई अस्पताल सम्म पुग्न नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन्। विहिबार आफ्नो फेसबुक वालमा पोस्ट गर्दै…

बिरामीलाइ अस्पताल पुर्याउन देवदहमा राप्रपाले सुरु गर्यो नि:शुल्क सवारी सेवा

२३ वैशाख, रुपन्देही । रास्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले महामारीमा नगरभित्र अत्यावसेक सेवाका लागि नि:शुल्क सवारीसाधनको सेवा सुरु गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा…