गण्डकी र बागमती प्रदेशमा झन्डै ५ घण्टादेखि निरन्तर वर्षा

काठमाडौं, वैशाख १९ ।गण्डकी र बागमती प्रदेशमा झन्डै ५ घण्टादेखि निरन्तर वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार गण्डकी प्रदेशको पहाडी भेग र बागमती प्रदेशका काठमाडौंसहित सबै स्थानमा राति २ बजेदेखि वर्षा भइरहेको हो।

‘मध्यम वर्षा भइरहेको हो,’ मौसमसविद् श्रेष्ठले आज (आइतबार) बिहान ७ बजेतिर भने, ‘अब यो एक/डेढ घण्टापछि रोकिने सम्भावना छ।’

aawash steels

दिउँसो वा अपराह्नपपछि भने फेरि देशभरकै पहाडी क्षेत्रमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए।

मौसमविद् श्रेष्ठका अनुसार २/३ दिनसम्म मौसम यस्तै रहने सम्भावना छ।

‘निरन्तर वर्षा हुने त होइन, मौसम बदली हुने र दिउँसोपछि मेघगर्जनसहित वर्षा हुने क्रम जारी रहने देखिएको छ,’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ, ‘देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

मौसमविद् श्रेष्ठका अनुसार मेघगर्जन गराउने बादलले नै हावाहुरी ल्याउने हो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…