पूर्वरानी शाहको उपचार प्लाज्मा थेरापीबाट गरिदै

काठमाडौं, वैशाख १७ ।कोरोना संक्रमण भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको आईसीयूमा भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको उपचार जारी छ।

अस्पतालका अनुसार बिहीबार साँझदेखि उनको उपचार प्लाज्मा थेरापीबाट थालिएको छ।

श्वासप्रश्वासमा समस्या तथा अक्सिजनको मात्रा कम भएपछि पूर्वरानी शाहलाई बुधबार साँझदेखि आईसीयूमा राखिएको हो।

aawash steels

आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको चिकित्सकले बताएका छन्।

नर्भिकमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ। उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन्।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र अक्सिजनको सपोर्ट दिनु नपरेको नर्भिकले जनाएको छ।

कोरोना संक्रमित पूर्वराजपरिवार गत शनिबारदेखि नर्भिक अस्पतालमा उपचाररत छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…