डा.बाबुराम भट्टराईको आज वीर अस्पतालमा अप्रेशन हुँदै

काठमाडौं, वैशाख १७ ।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको आज वीर अस्पतालमा अप्रेशन हुँदैछ।

न्युरो–इन्डोक्राइनको ट्युमर शल्यक्रिया (अपरेसन) का लागि नेता भट्टराई आज बिहान वीर अस्पतालमा पुगेका छन्। उनले पत्नी हिसिला यमीसहित आफू अहिले वीर अस्पतालमा रहेको भन्दै सामाजिक सञ्जालमार्फत तस्बिरसमेत सार्वजनिक गरेका छन्।

उनको आजै अप्रेशन हुने अस्पताल स्रोतले जनाएको छ। डा. सुबोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले नेता भट्टराईको अप्रेशन गर्नेछन्।

aawash steels

यसअघि डाक्टर भट्टराई ट्युमरमा क्यान्सर भएको शंकाले भारत गएका थिए। तर त्यहाँको अस्पतालले परीक्षण गरी क्यान्सर नभएको पुष्टि गरेको थियो। ट्युमर भने चाँडै फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका थिए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

रुपन्देहीमा जारी निषेधाज्ञा थप कडा, बैंक पनि बन्द हुने

बुटवल । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा थप कडाई गरेको छ । नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्युवरण…

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाण्डौ | कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ । वैशाख १९ गते बसेको…

कोरोनाबाट एकै दिन ५४ जनाको मृत्यु ,थप ९,०७० जनामा संक्रमण…

काठमाडौं, वैशाख २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । त्यस्तै आजै ९ हजार ७० जनामा संक्रमण…

संक्रमितलाई अस्पताल सम्म पुग्न व्यवसायी भण्डारीले सुरु गरे नि:शुल्क एम्बुलेन्स…

बैशाख २३, रुपन्देही ।  भैरहवाका निर्माण व्यवसायी मंगल  भण्डारीले कोरोना संक्रमितलाई अस्पताल सम्म पुग्न नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन्। विहिबार आफ्नो फेसबुक वालमा पोस्ट गर्दै…

बिरामीलाइ अस्पताल पुर्याउन देवदहमा राप्रपाले सुरु गर्यो नि:शुल्क सवारी सेवा

२३ वैशाख, रुपन्देही । रास्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले महामारीमा नगरभित्र अत्यावसेक सेवाका लागि नि:शुल्क सवारीसाधनको सेवा सुरु गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा…