काठमाडौंमा निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाका सवारी साधन सञ्चालनमा अवरोध नहुने

काठमाडौं, वैशाख १६ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाका सवारी साधन सञ्चालनमा अवरोध नहुने स्पष्ट पारेको छ।

विहीबार सूचना प्रकाशित गरी प्रशासनले अत्यावश्यक वस्तु तथा सेवाका सवारी साधन, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्था बीमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तिय कारोबार गर्ने संस्थाका कर्मचारीहरु र एयरपोर्ट जाने आउनेको हकमा सवारी पास नचाहिने स्पष्ट पारेको छ।

ती सवारी साधन सञ्चालनमा कहिँ कतै अवरोध भए १०० र १०३ मा फोन गर्नसमेत प्रशासनले सूचित गरेको छ।

aawash steels

यस्तै, वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यबाहेक सवारी पास नदिइने पनि प्रशासनले स्पष्ट पारेको छ।

निषेधाज्ञा

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…