आजदेखि काठमाडौं उपत्यकासहित १५ जिल्लामा निषेधाज्ञा लागू

काठमाडौँ , वैशाख १६ । कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा सुरु गरेको छ । आजदेखि काठमाडौं उपत्यकाका ३ जिल्लासहित विभिन्न १५ जिल्लामा निषेधाज्ञा लागू भएको हो ।

१५ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ भने केही जिल्लामा यसको तयारी भइरहेको छ । गृह मन्त्रालयका अनुसार १२ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको लागू भएको हो ।‍ ३ जिल्लामा आंशिक रूपमा लकडाउन गरिएको छ  । पूर्ण रूपमा निषेधाज्ञा हुने जिल्लामा उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरका चितवन, बाँके, पर्सा, रुपन्देही, कास्की, दाङ, सुर्खेत, पाल्पा र कैलाली छन् ।

aawash steels

उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएको हो भने बाँकेमा सोमबारदेखि निषेधाज्ञा लागू भइसकेको छ  । त्यस्तै, सुर्खेतमा मंगलबारबाट, कास्कीमा बुधबार, चितवन र कैलालीमा आजदेखि तथा पाल्पा र दाङमा शुक्रबारदेखि निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ  ।

बर्दिया, कालिकोट र बाग्लुङका धेरै संक्रमण देखिएका क्षेत्रमा मात्र लकडाउन गरिएको छ । ‘हालसम्म १२ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको निर्णय भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने, ‘संक्रमणको अवस्था हेरेर लकडाउन तथा निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई अनुमति दिइएको छ ।’

उल्लंघन गरे कस्तो सजाय हुने ?

जिल्ला प्रशासन कार्यालयहरूले संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उप दफा ३ द्वारा प्राप्त अधिकारको प्रयोग गरी निषेधाज्ञा सम्बन्धी आदेश जारी गरेका छन् । संक्रामक रोग ऐन, २०२० अनुसार उक्त ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्ने ।

उक्त ऐनअन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुनसक्छ। स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद अथवा दुवै सजाय हुन सक्ने छन ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…