काठमाण्डौ, वैशाख १५ । भारतको उत्तर पूर्वी राज्य असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ ।
स्थानीय समयअनुसार आज बिहान ७ बजेर ५१ मिनेटमा भूकम्प गएको त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । असामको ठूलाे सहर गुहाहिटीबाट १ सय ४० किलोभिटर उत्तरमा रहेको धेकियाजुली भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का उत्तरी बंगाल र नेपालको पूर्वी क्षेत्रमा पनि पनि महसुस गरिएको छ । भूकम्पमा परि मानिसको ज्यान गएको खबर नआए पनि घरहरुमा चिरा परेको, घरका सिसा फुटेको स्थानीय पत्रिकाले जनाएका छन् ।
भूकम्प गएपछि निरन्तर रुपमा परकम्प पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
Earthquake of Magnitude:6.4, Occurred on 28-04-2021, 07:51:25 IST, Lat: 26.69 & Long: 92.36, Depth: 17 Km ,Location: 43km W of Tezpur, Assam, India for more information download the BhooKamp App https://t.co/sayMF9Gumd pic.twitter.com/lWRDtIAWh5
— National Center for Seismology (@NCS_Earthquake) April 28, 2021