सप्तरीमा सरकारको आदेश अटेर गर्दै विद्यालय खोल्ने ११ जना सञ्चालक/शिक्षकलाई प्रहरीले पक्राउ

काठमाडौं, वैशाख १३ ।सप्तरीमा सरकारको आदेश अटेर गर्दै विद्यालय खोल्ने निजी विद्यालयका ११ जना सञ्चालक/शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

कोरोना महामरी नियन्त्रण प्रयासस्वरूप सरकारले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न भनेको भए पनि खोलेकाले उनीहरूलाई पक्राउ गरिएको सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले नेपालखबरलाई जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको नेतृत्वमा खटिएको अनुगमन टोलीले विद्यालय खुला देखेपछि तिनका सञ्चालकलाई नियन्त्रणमा लिइएको हो।

aawash steels

अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको डीएसपी काफ्लेले बताए।

उनीहरूविरुद्ध संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

यी हुन् पक्राउ परेका ११ जना

१. जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ८ घर भई लक्ष्मी इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक वर्ष ३८ को राजेशकुमार यादव

२. जिल्ला सप्तरी राजविराज न.पा. ८ बस्ने ऐ.ऐ. (माथिकै) स्कुलका सञ्चालक वैद्यनाथ कुमार झा

३. ऐ.ऐ. बस्ने ऐ. स्कुलका सञ्चालक बुलन्द साह

४‍. जिल्ला सप्तरी राजविराज न.प.५ बस्ने ह्यापी ल्यान्ड माविका सञ्चालक शैलेन्द्रकुमार ठाकुर

५. ऐ. ऐ. बस्ने जानकी सेकेन्डरी स्कुलका शिक्षक हरीकिसुन राम

६. ऐ.ऐ. बस्ने एन्जल बोर्डिङ स्कुलका सञ्चालक नरेन्द्रप्रसाद देव

७. ऐ. वडा न. ०२ बस्ने पिस जोन स्कुलका सञ्चालक उमाकान्त साह

८. ऐ. वडा न. १ बस्ने सिर्जना सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक रिमा झा।

९ ऐ. वडा न. ०२ बस्ने लिटिल फ्लावर सेकेन्डरी स्कुलका सञ्चालक डा. कामन्त देव

१०. ऐ. वडा न. ०१ बस्ने ग्रिन इङ्लिस बोर्डिङ स्कुलका शिक्षक मनोज यादव।

११. ऐ. विष्णुपुर गा.पा. वडा न. ०६ बस्ने सिपस बोडिङ स्कुलका सञ्चालक नरेश साह।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…