भारतमा एकै दिन तीन लाख ४५ हजार एक सय ४७ संक्रमित

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड बन्ने र तोडिने क्रम जारी नै रहेको छ । शुक्रबार २३ अप्रिल) मात्र भारतमा तीन लाख ४५ हजार एक सय ४७ थप नयाँ संक्रमित भएका छन् । पछिल्लो केही दिनयता तीन लाखमाथि नयाँ संक्रमित संख्या थप भइरहँदा भारतमा कोरोनाको दोस्रो लहर महामारीका रूपमा फैलिएको र यो अनियन्त्रित भइरहेको एजेन्सीहरूले जनाएका छन् । अप्रिल २२ मा तीन लाख ३२ हजार पाँच सय तीन र २१ अप्रिलमा तीन लाख १५ हजार आठ सय दुईजना संक्रमित भएका थिए ।

शनिबार (२४ अप्रिल) सम्म भारतमा थप दुई लाख ६७ हजार तीन सय ६९ जना संक्रमित भएको र एक हजार सात सय ३२ जनाले ज्यान गुमाएका छन् । अघिल्लो साता लगातार चार दिन दुई लाखभन्दा बढी संक्रमित भएका थिए । संक्रमितसँगसँगै भारतमा संक्रमित मृत्युदर पनि बढिरहेको छ । २३ अप्रिलमा दुई हजार ६ सय २१ जनाले ज्यान गुमाएका छन् । २२ अप्रिलमा दुई हजार ५६, २१ अप्रिलमा दुई हजार एक सय दुई र २० अप्रिलमा दुई हजार २० जना संक्रमितको निधन भएको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन् ।

aawash steels

कोभिड–१९ सुरु भएयता भारतमा अहिलेसम्म एक करोड ६८ लाख ६९ हजार आठ सय २५ जना संक्रमित भएका छन् । जसमध्ये एक करोड ४० लाख १८ हजार आठ सय १८ जना निको भएका छन् । भारतमा अहिले पनि २६ लाख ५९ हजार सात सय २६ जना संक्रमित नै छन् । यहाँ एक लाख ९१ हजार दुई सय ८१ जनाको निधन भएको छ ।

कोरोना भाइरसको महामारीबाट अति प्रभावित देश साइप्रसमा फेरि लकडाउन लागू हुने भएको छ । २६ अप्रिलदेखि लकडाउन लागू हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । पछिल्लो समय कोरोना फेरि तीव्र रूपमा फैलिएर धेरैजना संक्रमित हुने र मृत्यु भएको डाटा आएपछि सरकारले लकडाउन गर्न लागेको हो । खाद्य तथा पेय पदार्थ बिक्री–वितरण गर्ने पसललगायत सबै व्यावसायिक स्थल तथा कार्यालय बन्द हुनेछन् ।

त्यसैगरी, होटेल, रेस्टुरेन्ट, बार, क्याफे, सैलुन, ब्युटिपार्लर, जिम तथा डान्स स्कुल पनि बन्द नै रहनेछन् । लकडाउनको अवधिमा स्थानीय समयअनुसार राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्युसमेत लागू हुनेछ । लकडाउनको वेलामा थिएटर र चलचित्र घरसमेत बन्द गरिने भएको छ ।

भीडभाड गर्न तथा भेला हुन प्रतिबन्ध लगाउन थालिएको छ भने अत्यावश्यक परेकालाई मात्रै हिँडडुलको अनुमति दिइने भएको छ । कामदारलाई सकेसम्म निवासबाटै काम गर्न वा काम गर्ने ठाउँमै बस्न प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।

जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोभिड–१९ भाइरसको महामारी नियन्त्रणमा लिन संकटकाल घोषणा गरेका छन् । प्रधानमन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरेका हुन् । यसअघि ओसाका, क्योटो र ह्योगोमा संकटकाल जारी भइसकेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि जापानमा महामारी तीव्र बन्दै गएको हो । यो महामारी थप नफैलियोस् भन्ने उद्देश्यले जापानमा संकटकाल घोषणा भएको प्रधानमन्त्री सुगाले बताए । उनका अनुसार ११ मेसम्म संकटकाल लागू हुनेछ । सरकारले बार तथा रेस्टुरेन्टमा मादक पदार्थ बिक्री–वितरणमा कडा प्रतिबन्ध लगाएको छ । ठूला व्यावसायिक प्रतिष्ठान पनि बन्द हुनेछन् । दोस्रोपटक जापानमा संकटकाल घोषणा भएपछि नागरिकमा थप त्रास फैलिएको छ ।

बंगलादेश सरकारले आइतबारदेखि देशका सबै पसल र मल खोल्ने निर्णय गरेको छ । १४ अप्रिलमा बंगलादेशमा लकडाउन घोषणा भएको थियो । एक साता लामो लकडाउनपछि पनि बंगलादेशमा संक्रमण नियन्त्रणमा नआएको भन्दै पुनः अप्रिल २२ देखि २८ सम्मका लागि देशव्यापी लकडाउन घोषणा गरिएको छ । लकडाउनको समयमा पसल तथा मल बन्द रहँदा यसको प्रभाव दैनिक अत्यावश्यक सामग्रीमा परेको जनाएको छ । सर्वसाधारण तथा व्यापार क्षेत्र सहज बनाउन नै प्रतिबन्ध खुकुलो बनाउन लागेको हो । अब पसल बिहान १० देखि बेलुका ५ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…