मन्त्रिपरिषद् बैठक आज बस्दै, निषेधाज्ञाबारे निर्णय हुने

काठमाडौं, १३ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकको निष्कर्ष र नियमित कार्यसूचीमाथि छलफल हुने कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । आज बस्ने मन्त्रिपरिषद् बैठकले निषेधाज्ञासम्बन्धी निर्णय गर्ने बताइएको छ ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रले पाँच सय सङ्क्रमित नाघेका जिल्लामा निषेधाज्ञाको विकल्प अघि सारेको थियो । त्यस्तै अहिले चलिरहेका सम्पूर्ण तहका परीक्षा तत्काल रोक्ने निचोडमा पुगेको थियो । कोभिड संकट व्यवस्थापन केन्द्रका सदस्य तथा परराष्ट्मन्त्री प्रदीप ज्ञवालीका अनुसार अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरिएको थियो । मन्त्रिपरिषद् बैठकले यिनै विषयमा विस्तृतमा निर्णय गर्ने बताइएको छ ।
यी हुन् निषेधाज्ञा हुनसक्ने जिल्ला
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लासहित मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देहीमा पाँच सय सङ्क्रमित नाघेका छन् ।

aawash steels

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले बाँकेमा सोमबार एक साता लडकाउनको घोषणा गरिसकेको छ । रुपन्देहीमा यातायातमा जोर विजोर प्रणाली लागु गरिसकेको छ । उपत्यकाको तीन जिल्लाका सीडीओ (प्रमुख जिल्ला अधिकारी)को संयुक्त बैठक पनि आजै बस्दैछ । सीसीएमसीको निष्कर्षअनुरूप निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…