कोरोनाको दोस्रो लहरमा जनताको जीवन रक्षामा सरकारको पहिलो प्राथमिकतामा रहनुपर्ने :डा.बाबुराम भट्टराई

काठमाडौं, वैशाख १२ ।पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यो कोरोना महामारीको दोस्रो लहरमा जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर भट्टराईले अहिले सरकार अरू नअलमलिएर अस्पतालमा अक्सिजन, भेन्टिलेटरलगायत अत्यावश्यक सामग्री युद्धस्तरमा जोहो गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिएका छन्।

‘कोभिड–१९ को घातक दोस्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो,’ शनिबार राति डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वको हटस्पट बनेको भारतसँगको खुला सीमानामा आवश्यक व्यवस्थापन गरौं।’

aawash steels

सरकारलाई सुझाव दिँदै उनले अगाडि लेखेका छन्, ‘अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामग्रीको युद्धस्तरमा जोहो गरौं। राममन्दिर, पशुपतिका गजुर, भ्युटावर,धरहरा बनाउँदै गरौंला !’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…