शेरधन राईकी श्रीमतीलेे बालिका प्रकरणमा जारी गरिन् यस्तो वक्तव्य

काठमाडौं, वैशाख १० ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती जाङमु शेर्पाले आफ्ना श्रीमानको राजनीतिक जीवन समाप्त पार्ने षडयन्त्र भइरहेको भन्दै कडा विरोध गरेकी छन्।

आफूलाई प्रेममा धोका दिएको भन्दै बालिका खड्काले बिहीबार एमालेको नयाँ केन्द्रीय कार्यालयमै पुगेर मुख्यमन्त्री राईलाई भेट्न खोजेकी थिइन्, तर प्रहरीले उनको प्रयास असफल पारेको थियो। यसरी खड्काले पार्टी कार्यालयमै पुगेर मुख्यमन्त्री राईलाई भेट्न खोजेको यो दोस्रोपटक हो।

सोही प्रकरणमा मुख्यमन्त्री राईकी पत्नी जाङमु शेर्पाले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरेकी हुन्।

aawash steels

‘एउटा महिलाको नाममा यो हदसम्मका महिलाहरू पनि हुँदारहेछन् भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एक जना महिलाले गर्दै आएकी छिन्, यो ज्यादै नै दुःखद छ,’ जाङमुले लेखेकी छन्, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार थिएँ, तयार छु।’

हेर्नुहोस्, मुख्यमन्त्री राईकी पत्नी जाङमु शेर्पाले फेसबुकमार्फत जारी गरेको वक्तव्य :

प्रतिक्रिया :

भर्खरै प्रकाशित

जातका आधारमा कोठा नदिएर पक्राउ घरबेटीको आज रिहा

असार ९, काठमाडौँ। जातका कारणले कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी बुधबार रिहा भएकी छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको…

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…