नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै

काठमाडौं, वैशाख १० ।नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार) बस्दै छ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अहिले बिहान ११ बजे बस्ने भएको हो।

आजको बैठकमा स्पष्टीकरण मागिएका खनाल–नेपाल पक्षका २७ सांसदलाई कारबाहीको निर्णय गरिने सम्भावना छ।

aawash steels

किनकि यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले उनीहरूले बुझाएको स्पष्टीकरण विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका थिए।

माधव नेपालसँग मेरिएट होटलमा दोस्रोपटक भएको वार्ता पनि असफल भएको भोलिपल्ट अध्यक्ष ओलीले बैठक राख्न लागेका हुन्।

अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँग बुधबार साँझ र बिहीबार अपराह्न गरी दुईपटक वार्ता गरे पनि सहमति हुन सकेन भने बिहीबारै बेलुका उपाध्यक्ष वामदेव गौतमसँग गरेको ‘डिनर मिटिङ’ पनि असफल भएको परिस्थितिमा आज एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्न लागेको हो।

प्रधानमन्त्री ओलीले नेकपा एमालेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गराएका हुन्।

पार्टीविरोधी गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले दोस्रोपटक स्पष्टीकरण माग्नुअघि नै माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई एमालेको साधारण सदस्यताबाट समेत निलम्बन गरिसकेका छन् भने पछिल्लोपटक नेता नेपालसहित उनी पक्षका २७ सांसद (प्रतिनिधि सभा सदस्य) लाई स्पष्टीकरण माग्दै पत्र पठाएका छन्।

तीमध्ये खनाल–नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…