कोरोना भाइरसको परिवर्तित स्वरूपले चिकित्सकसमेत चकित

काठमाडौं, वैशाख १० ।कोरोना भाइरसको परिवर्तित स्वरूपले चिकित्सकसमेत चकित परिरहेका छन्। रिपोर्ट नेगेटिभ आइसक्दा पनि भाइरसले फोक्सोमा गम्भीर क्षति पुर्‍याइरहेको छ। यस्ता बिरामीको वास्तविक अवस्था सीटी स्क्यान गरेपछि पत्ता लागेको हो।

चिकित्सकका अनुसार यसपटक कोरोना भाइरसले २ दिनदेखि ३ दिनभित्रै फोक्सोमा ठूलो क्षति पुर्‍याइरहेकाे पाइएको छ। फोक्सोमा दाग बनाइरहेको छ।

भारतको बीआरडी मेडिकल कलेजका छाती विभागका प्रमुख डाक्टर अश्वनी मिश्रका अनुसार धेरै जना बिरामीमा ज्वरो, खोकी, सास फुल्नेजस्ता समस्या देखिँदा पनि एन्टिजेन र पीसीआर रिपोर्ट नेगेटिभ आइरहेका छन्। तर बिरामीको अवस्था गम्भीर बनिरहेको छ।

aawash steels

धेरै जना बिरामीमा अक्सिजनको तह ८० आसपास देखिएको छ। यसबीच सीटी स्क्यान गर्दा भाइरसको फैलावट पत्ता लागिरहेको छ। बीआरडी मेडिकल कलेजमा यस्ता बिरामीको संख्या ५० भन्दा बढी छ, जसका दुवै रिपोर्ट नेगेटिभ छन्।

तर उनीहरूको फोक्सोमा भने ठूलो मात्रामा संक्रमण छ। जसका कारण अक्सिजनको मात्रा पनि निरन्तर घटिरहेको छ।

तत्काल डाक्टरको सल्लाहमा औषधि खानुस्
डाक्टर अश्वनी मिश्राका अनुसार लक्षण कोरोना संक्रमणका जस्ता छन्, तर एन्टिजेन वा पीसीआर रिपोर्ट नेगेटिभ आइरहेका छन् भने पटक्कै लापरबाही गर्न हुँदैन।

उनी भन्छन्, ‘यस्तो अवस्थामा तत्काल डाक्टरसँग सम्पर्क गरेर कोरोना संक्रमणमा प्रयोग गरिने औषधि खानुस्। अन्यथा दुई/तीन दिनभित्रै अवस्था अझ बिग्रन सक्छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…