निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी सरकारबाट विभिन्न आयोजनामा परिपक्व भएको बिल बापतको ६५ अर्ब रुपैयाँ बढी रकम पाउन बाँकी रहेको बताएका हुन्।

कतिपय आयोजनाको म्याद थप नगरिदिएको कारण परिपक्व भएको बिल भुक्तानीका लागि पेस गर्न नपाएको समेत उनीहरुको भनाइ छ।

aawash steels

महासंघका अध्यक्ष रवि सिंहले चालु आर्थिक वर्षमा म्याद थप नभएका आयोजनामा मात्रै ६५ अर्ब रुपैयाँ बढी भुक्तानी लिन बाँकी रहेको बताए। त्यस बाहेक पनि भुक्तानीका लागि माग भएको अवस्थामा समेत भुक्तानी नभएको उनले बताए।

समय अवधि पुरा भएका आयोजनाको म्याद थप नभएको अवस्थामा कानूनी रुपमा नै निर्माण कम्पनीले बिल पेस गर्न नपाउने हुँदा रकम निकाशाका लागि माग गर्न नसकेको बताए।

super kinetic courier

सरकारले आयोजनाको म्याद थप नगर्ने र भुक्तानी पनि नहुने स्थिति आएमा आफूहरु सडक आन्दोलन गर्न बाध्य हुने पनि अध्यक्ष सिंहले बताए। म्याद सकिएका कुनैपनि आयोजनाको तत्काल म्याद थप गर्न पनि माग गरे।

पत्रकार सम्मेलनमा महासंघको २२ औं साधारणसभाले जारी गरेको ४१ बुँदे घोषणा पत्र सार्वजनिक गरिएको छ। जसमा ‘सार्वजनिक खरिद ऐन–२०६३’का कतिपय प्रावधनलाई संशोधन गरिनुपर्ने माग रहेको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

रुपन्देहीमा जारी निषेधाज्ञा थप कडा, बैंक पनि बन्द हुने

बुटवल । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा थप कडाई गरेको छ । नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्युवरण…

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाण्डौ | कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ । वैशाख १९ गते बसेको…

कोरोनाबाट एकै दिन ५४ जनाको मृत्यु ,थप ९,०७० जनामा संक्रमण…

काठमाडौं, वैशाख २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । त्यस्तै आजै ९ हजार ७० जनामा संक्रमण…

संक्रमितलाई अस्पताल सम्म पुग्न व्यवसायी भण्डारीले सुरु गरे नि:शुल्क एम्बुलेन्स…

बैशाख २३, रुपन्देही ।  भैरहवाका निर्माण व्यवसायी मंगल  भण्डारीले कोरोना संक्रमितलाई अस्पताल सम्म पुग्न नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन्। विहिबार आफ्नो फेसबुक वालमा पोस्ट गर्दै…

बिरामीलाइ अस्पताल पुर्याउन देवदहमा राप्रपाले सुरु गर्यो नि:शुल्क सवारी सेवा

२३ वैशाख, रुपन्देही । रास्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले महामारीमा नगरभित्र अत्यावसेक सेवाका लागि नि:शुल्क सवारीसाधनको सेवा सुरु गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा…