नेपालहुँदै तेस्रो मुलुक जाने भारतीय नागरिकलाई अब ‘नो अब्जेक्सन लेटर’ नचाहिने

काठमाडौं, वैशाख ८ ।नेपालहुँदै तेस्रो मुलुक जाने भारतीय नागरिकलाई अब ‘नो अब्जेक्सन लेटर’ नचाहिने भएको छ।

काठमाडौंस्थित भारतीय दूतावासको आग्रहमा मंगलबार गृहमन्त्रीस्तरीय निर्णयले पासापोर्ट भएका र भारतबाटै अध्यागमनको छाप लगाएर आएका नागरिकलाई ‘एन ओ सी’ बिनै तेस्रो मुलुक जान दिने निर्णय भएको हो।

गृह मन्त्रालयको उक्त निर्णयसँगै मंगलबार साँझबाटै कार्यान्वयन सुरु भएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले  बताए।

aawash steels

काठमाडौंस्थित भारतीय दूतावासले अध्यागमन विभागलाई यस्तो व्यवस्था गर्न आग्रह गर्दै सोमबार पत्र पठाएको थियो।

साउदी लगायतका देशले भारतबाट आउजाउ गर्न प्रतिबन्ध लगाएपछि रोजगारी र अन्य कामले ती देश जाने भारतीय नागरिक नेपालको विमानस्थल प्रयोग गरेर त्यहाँ जान थालेका छन्।

एक देशमा अपराध गरेर अर्को देशबाट विदेश भाग्न नपाउन् भनेर यस्तो व्यवस्था दुवै देशमा कार्यन्वयनमा छ।

भारत भएर तेस्रो मुलुक जाने नेपालीले पनि त्यहाँस्थित नेपाली दूतावासबाट एन ओ सी लिएर मात्रै उड्न पाउँछन्।

तर अहिले भारतमाथिको प्रतिबन्धका कारण एन ओ सी लिने भारतीय नागरिकको दूतावासमा भीड लागेपछि दूतावासको आग्रहमा विशेष व्यवस्था गरिएको महानिर्देशक भट्टराईले बताए।

नयाँ व्यवस्था अनुसार पनि भारतको अध्यागमन विभागबाट छाप नलगाई आएकाको हकमा भने एन ओ सी चाहिनेछ।

त्यसैगरी पासपोर्ट नभई अन्य परिचय पत्र देखाउने हरुमा लागि भने एन ओ सी देखाउनुपर्ने व्यवस्था कायम रहेको बताइएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…