नेपाल र खनाल प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेकोमा सर्वोच्च अदालतमा मुद्दा हाल्ने

काठमाडौं, वैशाख ८ ।नेकपा–एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएका छन्।

सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाको अध्यक्ष ओलीले पालना नगरेको भन्दै नेपाल र खनालले मुद्दा दायर गर्न लागेका हुन्।

‘अध्यक्ष ओलीले फागुन २३ को फैसलाको सम्मान नगरेको भनी नेताहरु सर्वोच्चमा मुद्दा हाल्ने तयारी गर्नुभएको हो,’ एमाले नेता बेदुराम भुसालले नेपालखबरसँग भने।

aawash steels

तत्कालीन नेपाल कम्युष्टि पार्टी (नेकपा) को नामबारे परेको रिटमा फागुन २३ गते फैसला सुनाउँदै सर्वोच्च अदालतले एमाले र माओवादीको एकीकरणलाई नै बदर गरेको थियो।

अदालतले ती दुवै पार्टी एकीकरणभन्दा पूर्वको अवस्थामा पुग्ने आदेश दिएको थियो।

तर सो आदेशविपरित अध्यक्ष ओलीले आफू अनुकूल पार्टीका समितिहरुको पुनर्गठन तथा परिचालन गरेको भनी नेपाल–खनाल समूहले विरोध गर्दै आएको छ।

उनीहरुले पार्टी एकीकरण गर्नुअघि अर्थात २०७५ जेठ २ गते कायम रहेका पार्टीका समितिहरु क्रियाशील बनाउन माग गर्दै आएका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…