रुपन्देहीको जिल्ला प्रशासन कार्यालयले कोभिड १९ नियन्त्रणका लागि निकाल्यो यस्तो सुचना

रुपन्देही, वैशाख ८ । रुपन्देहीको जिल्ला प्रशासन कार्यालयले विश्व भर फैलिदै गएको नयाँ भेरिएन्ट सहितको कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सम्बन्धित पक्षहरुका लागि सुचना प्रकाशित गरेको छ ।

विद्यालय तथा कलेज भौतिक रुपमा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट पठनपाठन गर्नुपर्ने कुरा उक्त सुचनामा उल्लेख गरिएको छ । मठ मन्दिर, गुम्बा, लगायतका धार्मिक स्थानमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्नुपर्नेछ ।कुनैपनि स्थानमा २५ जनाभन्दा बढी व्यक्ति सहभागी हुनुहुँदैन ।

सार्वजनिक यातायात, आन्तरिक हवाई उडान, पसल र कार्यालयमा पनि स्वास्थ्य सुरक्षाको मापदण्डहरु पालना गर्नुपर्नेछ ।कोभिड १९ को रोकथाम ,नियन्त्रण, उपचारमा पनि नागरिकहरुले गर्नुपर्ने कार्यहरु उल्लेख गरिएको छ ।उक्त आदेशको पालना नभएमा व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारबाही र सजायको व्यवस्था गरिने छ ।

aawash steels

रुपन्देही

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…