सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा परेको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासमा

काठमाडौं, वैशाख ८ ।सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा परेको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासको पेसीमा चढेको छ।

द्वन्द्वकालमा भएको एक हत्यामा प्रमुख दोषी रहेको दाबी गर्दै सभामुख सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको  इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्।

aawash steels

यसअघि पटकपटक पेसी तोकिए पनि सुनुवाइ हुन नसकेको मुद्दा आज बुधबार नियमित पेसीमा राखिएको हो। तर यसभन्दा माथि अन्य धेरै मुद्दा भएकाले आज सुनुवाइ हुने/नहुने निश्चित नभएको अदालत स्रोतले जनाएको छ।

माओवादी द्वन्द्वका बेला काभ्रेका अर्जुन लामा अपहरणपछि हत्या गरिएको घटनामा तत्कालीन माओवादी नेता सापकोटा प्रमुख दोषी रहेको दाबीसहित २०६८ सालमा सर्वाेच्चमा मुद्दा हालिएको थियो।

मुद्दाको प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दा संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…