माओवादी केन्द्रको स्थायी बैठक आज पनि जारी रहने

काठमाडौं, वैशाख ८ ।मंगलबार सुरु नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बुधबार) पनि जारी रहने भएको छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा हिजैको समय दिउँसो १ बजे बस्ने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्चित भए पनि निर्णय भने अझै गरेको छैन। आजको बैठकमा पनि त्यो निर्णय हुन्छ भनेर अहिले भन्न नसकिने स्थायी कमिटी सदस्य पोखरेलले बैठक बस्नुअघि बुधबार बिहान  बताए।

aawash steels

‘सरकारलाई हाम्रो समर्थन नै कहाँ छ र ,’ उनले भने, ‘लिखित औपचारिकता पूरा गर्न मात्र बाँकी हो, त्यो कुरा आज बैठकमा बसेर छलफल गरेपछि थाहा हुन्छ।’

हिजो मंगलबार पहिलो दिनको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनेमा कुनै द्विविधा नरहेको खालि औपचारिक रूपमा लेखेर दिन बाँकी रहेको बताएका थिए। त्यो औपचारिकता सम्बन्धमा पनि चाँडै निर्णय हुने उनले बताएका थिए।

super kinetic courier

यस पटकको स्थायी कमिटी बैठकबाट माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्छ भन्ने व्यापक अपेक्षा गरिएको छ।

तर तुरुन्तै समर्थन फिर्ताको निर्णय गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावतर्फ देशलाई धकेल्ने आशंका माओवादी केन्द्रलाई छ। यसैकारण प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै गरिनुपर्ने विश्लेषण माओवादी केन्द्रको स्थायी कमिटीमा भइरहेको एक नेताले बताएका छन्।

यसबाहेक बैठकमा पार्टीको विधान, संसदीय दलको विधानबारे छलफल भइरहेको छ। यस्तै प्रदेश इन्चार्जहरूको रिपोर्टिङ तथा नयाँ सत्ता समीकरणबारे पनि छलफल भइरहेको नेताहरूले बताएका छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

रुपन्देहीमा जारी निषेधाज्ञा थप कडा, बैंक पनि बन्द हुने

बुटवल । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा थप कडाई गरेको छ । नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्युवरण…

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाण्डौ | कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ । वैशाख १९ गते बसेको…

कोरोनाबाट एकै दिन ५४ जनाको मृत्यु ,थप ९,०७० जनामा संक्रमण…

काठमाडौं, वैशाख २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । त्यस्तै आजै ९ हजार ७० जनामा संक्रमण…

संक्रमितलाई अस्पताल सम्म पुग्न व्यवसायी भण्डारीले सुरु गरे नि:शुल्क एम्बुलेन्स…

बैशाख २३, रुपन्देही ।  भैरहवाका निर्माण व्यवसायी मंगल  भण्डारीले कोरोना संक्रमितलाई अस्पताल सम्म पुग्न नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन्। विहिबार आफ्नो फेसबुक वालमा पोस्ट गर्दै…

बिरामीलाइ अस्पताल पुर्याउन देवदहमा राप्रपाले सुरु गर्यो नि:शुल्क सवारी सेवा

२३ वैशाख, रुपन्देही । रास्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले महामारीमा नगरभित्र अत्यावसेक सेवाका लागि नि:शुल्क सवारीसाधनको सेवा सुरु गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा…