आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं, वैशाख ७ ।आज (बुधबार) बिहानैदेखि देशका धेरैजसो स्थानमा मौमस बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार बिहानैदेखि देशभरजसो घाम लागेको छैन। काठमाडौं उपत्यकामा बिहानै छिटपुट पानी परेर अहिले रोकिएको छ।

‘आज दिनभर नै उपत्यकामा घाम लाग्ने सम्भावना छैन,’ मौसमविद् श्रेष्ठले बुधबार बिहान  भने, ‘फेरि पानी पर्ने सम्भावना छ, तर हल्का मात्र।’

aawash steels

उनका अनुसार खासगरी आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा अलि ठूलो वर्षा हुने सम्भावना छ। तर ठूलो भन्नाले भारी वर्षा होइन, मध्यम किसिमको।

मौसमविद् श्रेष्ठका अनुसार अहिले देशका धेरै स्थानमा तुवाँलो पनि लागेको छ। जसले वायु प्रदूषण बढाउँछ। ‘ठूलो वर्षा भए तुवाँलो हट्थ्यो,’ उनले भने, ‘हल्का वर्षाले त्यो हट्ने सम्भावना हुँदैन।’

आज हावाहुरीको सम्भावना भने कमै रहेको उनले बताए। तर अहिले प्रि-मनसुन भएकाले मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना भने हुन्छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…