राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढायो

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको छ।

संघीय संसद् सचिवालयले राष्ट्रिय सभामा एउटा सदस्य पद खाली रहेको जानकारी गराएपछि आयोगले त्यो परिपूर्तिका लागि आगामी जेठमा चुनाव गर्ने प्रस्ताव राखेर गृह मन्त्रालयलाई पत्राचार गरेको हो।

राष्ट्रिय सभा निर्वाचन ऐनअनुसार पदावधि ६ महिनाभन्दा बढी बाँकी रहँदै राष्ट्रिय सभामा सदस्य पद रिक्त भएमा ३५ दिनभित्र निर्वाचन गराई पूर्ति गर्नुपर्छ।

aawash steels

गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्य पदबाट बर्खास्त गरिएको मिति (यही वैशाख ५ गते) बाट ३५ दिन जेठ ७ गते पुग्छ। यसैले जेठ पहिलो साताभित्र निर्वाचन सम्पन्न हुने गरी आयोगले गृह मन्त्रालयमा सोमबार प्रस्ताव पेस गरेको हो।

गृहमन्त्री थापा बागमती प्रदेशबाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए। यसैकारण अब हुने निर्वाचनमा बागमती प्रदेशकै प्रदेश सभा र स्थानीय तहका पदाधिकारी/सदस्यले मतदान गर्नुपर्नेछ।

आयोगका अनुसार बागमती प्रदेश सभामा १ सय १० र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी ३ सय ३८ जनाले मतदानमा सहभागी हुनेछन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…