एमाले महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै ,खनाल–नेपाल पक्ष नजाने

काठमाडौं, वैशाख ६ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको आज (सोमबार) महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको आह्वानमा आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताएका छन् । बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

aawash steels

यद्यपि कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरुले भने बैठकमा सहभागी नहुने बताएका छन् । एमाले उपाध्यक्ष एवम् माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरु बैठकमा सहभागी नहुने बताइन् । यो महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै उनले आफूहरु बैठकमा नजाने बताइन् । यस्तै एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै बैठक रोक्न हिजो (आइतबार) नै अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराएका थिए ।

ओलीले फागुन २८ गते आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको सुटुक्क बैठक राखेर माओवादीबाट एमालेमा आएका २३ जना नेतालाई थप गर्दै केन्द्रीय कमिटीे विस्तार गरेको थियो । नेपाल पक्षले त्यो विस्तारलाई विधान विपरीत भन्दै सो निर्णय खारेजीको माग गरेको छ ।
चैत ७ गते अर्को बैठक राख्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीलाई दशौं महाधिवेशन आयोजक कमिटीमा परिणत गरेका छन् । जसमा अध्यक्ष र महासचिव मात्रै पदाधिकारी छन् । आजको बैठकमा नेपाल पक्षका कति नेताहरु सहभागी हुन्छन् भन्ने विषयमा चासोका साथ हेरिएको छ ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

रुपन्देहीमा जारी निषेधाज्ञा थप कडा, बैंक पनि बन्द हुने

बुटवल । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा थप कडाई गरेको छ । नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्युवरण…

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाण्डौ | कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ । वैशाख १९ गते बसेको…

कोरोनाबाट एकै दिन ५४ जनाको मृत्यु ,थप ९,०७० जनामा संक्रमण…

काठमाडौं, वैशाख २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । त्यस्तै आजै ९ हजार ७० जनामा संक्रमण…

संक्रमितलाई अस्पताल सम्म पुग्न व्यवसायी भण्डारीले सुरु गरे नि:शुल्क एम्बुलेन्स…

बैशाख २३, रुपन्देही ।  भैरहवाका निर्माण व्यवसायी मंगल  भण्डारीले कोरोना संक्रमितलाई अस्पताल सम्म पुग्न नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन्। विहिबार आफ्नो फेसबुक वालमा पोस्ट गर्दै…

बिरामीलाइ अस्पताल पुर्याउन देवदहमा राप्रपाले सुरु गर्यो नि:शुल्क सवारी सेवा

२३ वैशाख, रुपन्देही । रास्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले महामारीमा नगरभित्र अत्यावसेक सेवाका लागि नि:शुल्क सवारीसाधनको सेवा सुरु गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा…