भारतमा एकै दिन दुई लाख ६१ हजार कोरोना संक्रमित

नयाँदिल्ली, वैशाख ५। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमित २ लाख ६१ थपिएका छन् । यो एकै दिन थपिएको कुनै पनि राष्ट्रको सबैभन्दा बढी हो । कोरोनाको संक्रमण भारतमा कहाली लाग्दो स्थितिमा पुग्ने क्रममा यतिधेरै संक्रमित थपिएका हुन् । शनिबार ९ अप्रिल १७, बैशाख ४ गते० २ लाख ६० हजार ५३३ जना संक्रमित थपिएका हुन् ।

शुक्रबार २ लाख ३४ हजार थपिएका थिए । हरेक दिन भारतमा रेकर्ड बनिरहेको छ । बिहीबार २ लाख १६ हजार ६४२ जना थपिएका थिए । यसअघि बुधबार १ लाख ९९ हजार ३७६ थपिएका थिए । संक्रमण उच्च बिन्दूमा पुगिरहँदा १५ दिनदेखि विश्वकै सबैभन्दा धेरै संक्रमित भारतमा थपिएका छन् । मंगलबार १ लाख ८५ हजार १०४ संक्रमित थपिएका थिए ।

aawash steels

हरेक दिन संक्रमित बढेको रेकर्ड बनिरहेको छ । निरन्तर बढिरहेको आँकडाले भारतसँगै छिमेकी देशहरुमा पनि कोरोनाको स्थिति भयावह बन्ने अवस्था देखिन्छ । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ ।

यस्ताे छ ताजा तथ्याङ्क
योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ४७ लाख ८२ हजार ४६१ पुगेको छ । भारतमा सक्रिय संक्रमित बढेर १७ लाख ९३ हजार ९७६ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए ।

मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । शनिबार दोस्रो लहरपछिको सबैभन्दा धेरै १ हजार ४९२ जनाको ज्यान गएको छ । शुक्रबार १ हजार ३३८ जनाको , बिहीबार १ हजार १८२ जनाको, बुधबार १ हजार ३७ जनाको र मंगलबार १ हजार २६ जनाको ज्यान गएको थियो । अहिलेसम्म १ लाख ७७ हजार १६७ जनाको ज्यान गइसकेको छ । शनिबार १ लाख ३८ हजार १५६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड २८ लाख ५ हजार ९४ जना संक्रमणमुक्त भएका छन् । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…