१० वर्ष उमेरका ६ हजार भन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं, वैशाख ४ । केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबै भन्दा बढी प्रभावित बालबालिका बनेका छन् यस्तो अवस्थामा समेत विद्यलय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन ।अहिले अधिकांश विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन भइरहेका छन् । ती विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको पनि पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना अति प्रभावित जिल्लामा विद्यार्थी नपठाउन अभिभावकलाई अपिल गरिए पनि कार्यान्वयन हुन सकिरहेको छैन ।

हालसम्म कोरोना संक्रमणबाट १० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ बालबालिका संक्रमित भएका छन् । ० देखि २० वर्ष उमेर समूहका २४ हजार ४ सय ४० मा संक्रमण देखिएको छ । तीमध्य अधिकांश डिस्र्चाज भइसकेका छन् । मन्त्रालयकाअनुसार प्रदेश १ मा ६ सय १६, प्रदेश २ मा ३ सय ५१ बालबालिका १० वर्ष उमेर समूहका संक्रमित छन् ।

aawash steels

बाग्मती प्रदेशमा सबैभन्दा बढी ३ हजार ४ सय ८६, गण्डकी प्रदेशका ३ सय ३० लुम्बिनी प्रदेशका ६ सय ८९, कर्णाली प्रदेशका २ सय २० र सुदुरपश्चिम प्रदेशका ८ सय २ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार देशभर ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार ० देखि ९ वर्ष समूहका १५ र १० देखि १९ वर्ष समूहका ६६ बालबालिका कोरोना संक्रमित भएका छन् । सरकारले विद्यालय बन्द नगर्ने तर विद्यालयमा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन रणनीति अघि सारेको छ ।

मन्त्रालयले स्थानीय तहमार्फत विद्यालय बन्द गर्न गरिएको निर्णय कार्यान्वयनमा ल्याउन र स्वास्थ्य मापदण्ड पालनमा आग्रह गरेको छ । शिक्षण संस्थाभित्र सभा तथा भीडभाड नगर्न सुझावसमेत दिइएको छ । शिक्षण संस्थामा मास्क तथा सेनिटाइजर अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात धुने र व्यक्तिमा संक्रमण लक्षण पाइए तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्था प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…