असिनापानीको सम्भावना आइतबारसम्म

काठमाडौं, ४ बैशाख । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिना पानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा असिनापानी परेको छ ।

‘शुक्रबार नेपालमा कुनै मौसमी प्रणाली छैन । स्थानीय वायु प्रभावले असिनापानी परेको हो,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भने, ‘शनिबार र आइतबार यस्तै हुन सक्छ ।’ काठमाडौंको आकासमा टन्नै बादल भएकाले केही ठाउँमा दिउँसै बत्ती बाल्नुपर्ने अवस्था भएको उनले बताए ।

aawash steels

‘ठाउँअनुसार फरकफरक छ । कहीँ धेरै पानी परेको छ, कहीँ कम,’ उनले भने, ‘प्रि–मनसुनमा यस्तै हुन्छ । दुई–तीन घन्टापछि यो खुलेर जान्छ ।’ शनिबार पनि देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन–चट्टयाङ–हावाहुरी–असिनासहित क्षणिक वर्षा सम्भावना छ । आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन–चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आइतबार रातिदेखि भने मौसम सामान्यतया सफा रहनेछ । मौसमविद् पौडेलका अनुसार शुक्रबार धरान, धनकुटा, ओखलढुंगा, संखुवासभा, काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र आसपासका अन्य जिल्ला, गण्डकी प्रदेशका पहाडी जिल्लासहित पश्चिम पहाडका केही भूभागमा वर्षात भएको छ ।

केही स्थानमा असिना पनि परेको छ भने हावाहुरी पनि आएको छ । तराईमा पनि स्थानीय वायुको प्रभावले हावाहुरी आएको छ । अब दैनिकजसो विभिन्न भेगमा यसरी नै वर्षात हुने विभागको अनुमान छ ।

यो वर्ष धेरै हिउँदे वर्षा नभएकाले देशभर नै वायुप्रदूषण उच्च दरमा बढेको थियो । प्रि–मनसुन गतिविधि सक्रिय भएकाले पानी परेपछि पहाडी भेगमा मकैलगायतका बाली लगाउन थाल्ने मौसमविद् पौडेलले बताए । यस्तो वर्षातले तराई भेगमा लगाइएका बालीलाई पनि राहत प्रदान गरेको छ । तर, असिना र हावाहुरीका कारण कतिपय ठाउँमा अन्नबाली र फलफूलमा नोक्सानी पनि पुगेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…