एक सय भन्दा धेरै विद्यार्थी र शिक्षकमा कोरोनाको लक्षण देखिएपछि विद्यालय बन्द

दोलखा, वैशाख ३ ।दोलखाको बिगु गाउँपालिका–८ खोपाचाँगुमा रहेको हिमालय माविका एक सय भन्दा धेरै विद्यार्थी र शिक्षकमा एकसाथ रुघाखोकी र ज्वरोको समस्या देखिएको छ।

कोरोनासँग मिल्दो लक्षणसहित रुघाखोकी र ज्वरोले शिक्षक विद्यार्थी बिरामी पर्न थालेपछि बिहीबारदेखि विद्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ। देशमा कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गाउँमा कोरोनाको जस्तै लक्षण भएका बिरामीको संख्या बढ्दै गएपछि स्थानीयबासी त्रसित भएका छन्।

विद्यालयमा अध्ययनरत १ सय २ जना विद्यार्थी र ६ शिक्षकमा रुघाखोकी र ज्वरोको समस्या देखिएको प्रधानाध्यापक कालु जिरेलले जानकारी दिए।

aawash steels

शिक्षक विद्यार्थीमा ज्वरोको प्रकोप फैलिएपछि केही दिनका लागि विद्यालय बन्द गर्न निर्देशन दिइएको बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए।

‘बिरामीको स्वास्थ्य परीक्षणको लागि माथिल्लो निकायसँग सहयोग माग गरेका छौँ,’ अध्यक्ष खड्काले भने, ‘एकैपटक धेरै विद्यार्थी र शिक्षक किन बिरामी भए, त्यसको निक्र्योल गर्न हामी लागि परेका छौँ।’ गाउँका अन्य केही व्यक्तिमा समेत ज्वरोसहित रुघाखोकीको समस्या देखिएको उनले बताए।

गाउँपालिकाको स्वास्थ्य शाखाले शिक्षक विद्यार्थीको उपचारको लागि घरघरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…