आज काठमाडौं उपत्यकासहित देशैभर ठूलो हावाहुरीको सम्भावना

काठमाडौं, वैशाख ३ ।आज (शुक्रबार) पनि काठमाडौं उपत्यकासहित देशैभर ठूलो हावाहुरीको सम्भावना रहेकाले सबैलाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले शुक्रबार बिहान नेपालखबरसँगको कुराकानीमा आज (शुक्रबार)  र भोलि (शनिबार) दुई दिन हिजोको जस्तै अझ देशैभर हावाहुरीको सम्भावना भएको बताइन्।

उनका अनुसार हिजो सुदूरपश्चिम, गण्डकी, बागमती, प्रदेश १ मा ठूलो हावाहुरी आएको थियो। तराई क्षेत्र र कर्णाली प्रदेशमा पनि हावाहुरी त आएको थियो तर थोरै समयका लागि। आज भने देशैभर हावाहुरीको सम्भावना रहेको उनको भनाइ छ।

aawash steels

‘अपराह्नपछि देशैभर ठूलो हावाहुरीको सम्भावना छ, त्यसैले बाहिरफेर हिँड्नुभएको छ वा यात्रामा हुनुहुन्छ भने सजग रहनुहोला,’ उनले भनिन्।

वरिष्ठ मौसमविद् मानन्धरका अनुसार हिजो दिउँसो ३/४ बजे सुरु भएको हुन्डरी राति १० बजेबाट मात्र मत्थर भएको थियो।

‘आज पनि लगभग त्यही समयमा हावाहुरी/चट्याङको सम्भावना देखिन्छ,’ उनले भनिन्। तर सम्भावना भने अपराह्नपछि नै देखिएको उनले बताइन्। उनका अनुसार अपराह्न भन्नाले कार्यालय समय हो।

अहिले प्रि–मनसुन सिजन भएकाले हावाहुरी/चट्याङ यसैगरी अचानक हुने उनले बताइन्।

हिजो हावाहुरी अएको भए पनि ठूलो वर्षा कतै नभएको उनले बताइन्। जसले गर्दा देशका विभिन्न स्थानमा लागेको डढेलो निभ्नेगरी पानी नपरेसम्म वायु प्रदूषण घट्ने सम्भावना भने नदेखिएको वरिष्ठ मौसमविद् मानन्धरले बताइन।

अरू दुई दिन देशभर ठूलो हावाहुरी, मेघगर्जनको सम्भावना देखिए पनि हल्काबाहेक ठूलो वर्षाको सम्भावना भने नदेखिएको उनले बताइन्।

यसैबीच हिजो राति काठमाडौं उपत्यकामा निकै ठूलो हुन्डरी चलेको भए पनि अहिलेसम्म कुनै क्षतिको खबर नआएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए।

शुक्रबार बिहान ७ बजेतिर एसपी बस्नेतले  भने, ‘त्यस्तो कुनै क्षतिको खबर आएको छैन।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…