बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवल, वैशाख २ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा पर्वतका एक कोरोना संक्रमितको मृत्यु भएको छ । पर्वतको पैयुँ–५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । उनी हालै मात्र भारतबाट घर फर्केका थिए । १० दिनदेखि उच्च ज्वरो आए पनि उनको ५ दिनअघि मात्र स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चैत २९ गते लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ ६ः२० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

aawash steels

उनमा निमोनिया र खोकीको समेत समस्या रहेको प्रवक्ता गौतमले जानकारी दिए । कोरोना अस्पतालमा तीन दिनअघि मात्रै तीनजना संक्रमितको मृत्यु भएको थियो । यसैबीच रुपन्देहीमा बुधबार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार ४८ जनामध्ये बुटवल उपमहानगरका मात्रै २१ जना छन् । रुपन्देहीमा हालसम्म १५७ जना कारोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…