काठमाडौँ उपत्यकामा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने

काठमाडौं, चैत्र ३१ ।सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ।

चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ।

काठमाडौँ उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोकमा र त्यहाँका आठ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए। ट्राफिक बत्तीका केही सामान आइसकेका छन्।

aawash steels

ओझाका अनुसार सामान आएकामा त्यसको ‘प्रोजामिङ’ भइरहेको छ । विदेशबाट आउनुपर्नेमा केही सामान आउन अझै बाँकी रहेको छ । पाँच ठाउँमा बत्ती जडानका लागि एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ।

विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेको थियो । पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । त्यो सफल नभएपछि संस्थाले बत्ती निकालेर लगेको ओझाले बताए।

तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको हो।

विभागले अहिलेसम्म उपत्यकामा १९ स्थानमा ट्राफिक बत्ती जडान गरिसकेको छ । ठाउँठाउँमा उपत्यकाका पालिकाले राखेका पनि बत्ती छन् । कुन बत्ती कति समय बल्ने भनी व्यवस्थापनको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ । अरु निकायले जडान गरेको बत्ती पनि केही महिनामा विभागलाई नै हस्तान्तरण हुने प्रमुख ओझाले जानकारी दिए।

विभागले थप अरु छ/सात ठाउँमा बत्ती राख्ने योजना बनाएको छ। चक्रपथको कोटेश्वरबाट–कलङ्की खण्डमा ट्राफिक बत्ती जडानको काम आगामी वर्ष हुनेछ । काठमाडौँ उपत्यका बाहिर पनि पोखरा नगरपालिकाले एक ठाउँमा ट्राफिक बत्ती जडान गरिसकेको छ । वीरगञ्जमा पनि जडान गरिने योजना बनाइएको छ । उपत्यकासँगै उपत्यका बाहिर पनि यसको माग भइरहेको झाले जानकारी दिए।

बत्ती जडान भएका स्थानमा ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ । यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको विभागले जनाएको छ । अझै पनि कतिपय यात्रु र चालकले बत्तीको सङ्केत नबुझेर त कतिले बुझे पनि बेवास्ता गरेकाले त्यसको पालना गराउन ट्राफिक प्रहरी चोकचोकमा खटिएको देख्न सकिन्छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…