कोरोना संक्रमणबाट बुटवलमा एकै दिन ३ जनाको मृत्यु

बुटवल ,चैत ३० । कोरोना संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमण बुटवलमा आजै ३ जनाको मृत्यु भएको हो ।

बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत अर्घाखाँची जिल्ला मालारानी गाउपालिका ५ की ७९ बर्षीय महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिनुभयो ।

aawash steels

उँहाका अनुसार गत चैत २७ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएकी महिलाको आज बिहान ९ बजेर ५० मिनेट जादा मृत्यु भएको गौतमले बताउँनुभयो । उहामा निमोनिया, दम र स्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ ।

आजै संक्रमणबाट प्यूठानको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका प्यूठानका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको हो भने चैत २३ गते भर्ना भएकी तिलोत्तमाकी महिलाको बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको हो । दुवै जनामा निमोनियाको समस्या रहेको गौतमले जानकारी दिए । अहिले अस्पतालमा ७ जना संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…