प्याब्सनले विद्यालय बन्द नगर्न आग्रह गर्यो

काठमाडौं, चैत्र २९ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले विद्यालय बन्द नगर्न आग्रह गरेको छ।

प्याब्सनले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्य मन्त्रालयले प्रमुख सहरहरुमा विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

प्याब्सनले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये पनि भौगोलिक, अभिभावकको आर्थिक तथा सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता आदिका कारण ५० प्रतिशत विद्यार्थीलाई अनलाइन कक्षाले समेट्न नसकेको विगतको लकडाउनबाट पुष्टि भएको बताएको छ।

aawash steels

प्याब्सनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ। उसले संक्रमण बढेर विद्यालय बन्द गर्नुपर्ने अवस्था आए सम्बन्धित विद्यालय वा पालिकामा मात्र केही निश्चित समय विद्यालय बन्द गरेपनि अन्य ठाँउमा स्वास्थ्य मापदण्डसहित विद्यालय सञ्चालन गर्नुपर्ने माग समेत राखेको छ।

‘मुलुकभर कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरीअत्यन्त आवश्यक भए सम्बन्धित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्रै केही निश्चित समयका लागि मात्रै प्रतिबन्धनात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानिका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सिर्जना गरिदिनुहुन नेपाल सरकार समक्ष माग गर्दछौँ’, प्याप्सनका अध्यक्ष टिकाराम पुरी र महासचिव कुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय विद्यालयहरु अघिल्लो लकडाउनपछि शिक्षा मन्त्रालयले जारी गरेको कार्यढाँचाअनुसार सञ्चालन भएको भन्दै प्याब्सनले थप सावधानी अपनाउन आग्रह गरेको छ।

‘आवश्यकताअनुसार शैक्षिक संस्थाहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेसन कक्ष, भौतिक दूरीको व्यवस्थापन गरी सम्बन्धित निकायको सहयोग र समन्वयमा काम गर्नु उपयुक्त हुन्छ’, विज्ञप्तिमा भनिएको छ

त्यस्तै प्याब्सनले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई खोपको व्यवस्था गर्न समेत माग गरेको छ।

प्याब्सन

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…