गोंगबुको गेस्टहाउसमा मृत क्षेत्रीसँगै बसेका अन्य दुई जनालाई प्रहरीले पक्राउ

काठमाडौं, चैत्र २९ ।आइतबार बिहान काठमाडौँ महानगरपालिका २७, गोंगबुको मित्रनगरस्थित गोदावरी सन्तोषी गेस्टहाउसमा मृत अवस्थामा फेला परेका स्याङ्जाका ३० वर्षीय नारायणबहादुर क्षेत्रीसँगै होटलमा बसेका अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले धब्बुराम बस्नेत र राजकुमार कवर योगीलाई पक्राउ गरेको हो।

धब्बुराम काठमाडौंको आरुबारीबाट पक्राउ परेका हुन् भने राजकुमारलाई सुनवलबाट काठमाडौं ल्याइरहेको प्रहरीले जनाएको छ।

aawash steels

प्रहरी स्रोतले नेपालखबरसँग भन्यो, ‘केही शंका यी दुईमाथि भएकोले पोष्टमार्टम रिपोर्ट नआउञ्जेल अनुसन्धान गर्नुपर्ने देखिन्छ।’

गोदावरी सन्तोषी गेस्टहाउसमा स्याङ्जाका ३० वर्षय नारायणबहादुर क्षेत्री मृत अवस्थामा फेला परेका थिए।

शनिबार राति सुतेका क्षेत्री आइतबार बिहान मृत भेटिएका हुन्।

गेस्ट हाउसको कोठा नम्बर २०४ मा क्षेत्रीको शव भेटिएको थियो। गेस्ट हाउसले राखेको रेकर्डअनुसार उक्त कोठा राजु क्षेत्रीका नाममा बुक भएको थियो।

क्षेत्रीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

जातका आधारमा कोठा नदिएर पक्राउ घरबेटीको आज रिहा

असार ९, काठमाडौँ। जातका कारणले कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी बुधबार रिहा भएकी छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको…

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…